प्रधानमन्त्री ओलीको प्रस्ताव: मेरै नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति कायम गर्ने र सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले सहमतिको सरकार बनाउने प्रस्ताव गरेका हुन् ।
‘म फेरि पनि आग्रह गर्छु तपाईंहरु वैकल्पिक सरकार बनाउनुस्। बिना कुनै षड्यन्त्र म दलका नेताहरुलाई आग्रह गर्छु बनाउनुस् वैकल्पिक सरकार। म त्यसलाई स्वागत गर्नेछु। त्यसमा मेरो रचनात्मक सहयोग हुनेछ। सहयोगी भावनाका साथ कोरोना महामारी तथा अन्य कुरामा मेरो दल प्रस्तुत हुनेछ।’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले आज बिहान सभापति देउवालाई फोन गरेर नयाँ सरकार बनाउन वा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका हुन्।
‘आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाजीलाई फोन गरेर मैले तपाईंहरू सरकार बनाउनुस् भनेको थिएँ। नभए मेरै नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं भनेको थिएँ,’ उनले भने।
फेसबुक पेज Like गर्नुहोस