काठमाडौंमा धूलोधूवाँले नै लिन्छ बर्सेनि १० हजरको ज्यान !
काठमाडौं - उपत्यकामा जाडोयामको सदाबहार विशेषता हो– बढ्दो वायु प्रदूषण।
यो समयमा जसरी तापक्रम बिस्तारै घट्दै जान्छ त्यसको ठीक उल्टो धूवाँ र धूलोले प्रदूषण मापनको आँकडा बढाउँदै लान्छ।
अन्तर्राष्ट्रिय संस्था एयर भिजुयलकाअनुसार वायुमा रहेका पीएम २।५ को आधारमा काठमाडौं १००औं प्रदूषित सहर हो।
पिएम २.५ मापन गर्दा सन् २०१८ मा प्रतिघनमिटर ५४.४ काइक्रो ग्राम पुगेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ९० प्रतिशत मानिस दूषित वायु भएको स्थानमा बस्छन् र यसका कारण बर्सेनि ७२ लाख मानिसको मृत्यु हुने गरेको छ।
सन् २०१६ को विश्व स्वास्थ्य संगठनको एक अध्ययन अनुसार प्रतिवेदनले प्रदूषणका कारण काठमाडौंमा मात्रै बर्सेनि झन्डै १० हजार मानिसको मृत्यु हुने गरेको देखाएको छ ।
नागरिक दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस