काठमाडौं - कलाकार मदनदास श्रेष्ठलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनाएको छ।

महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको हाे ।

यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदनसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाममा छलफल भएको थियो।

यस्तै राप्रपाले ललितपुरमा अष्ट महर्जन, पोखरामा शंकर खराल, वुटवलमा मृगेन्द्र शेरचन, दमकमा राम थापा, सिद्धार्थनगरमा सागर प्रताप राणालाई मेयरमा सिफारिस गरेको छ।