कोरोना भाइरस मजाक होइन, महामारी हो : महतो
काठमाडौं - जनता समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र महतोलेले कोरोना भाइरस महामारी भएका कारण त्यसलाई मजाकका रुपमा नलिन सुझाब दिएका छन्।
शुक्रबार संसदको बजेट अधिवेशनलाई राष्ट्रिय जनता पार्टीका तर्फबाट संसदलाई सम्बोधन गर्दै सांसद महतोले यस्तो बताएका हहुन्।‘कोरोना भनेको मजाक होइन, यो महामारी हो’, सांसद महतोले भने, ‘यो छैन छैन भनेर पुग्दैन, डब्ल्यूएचओले भनेको सुन्नुहोस्।’
उनले व्यापक परीक्षण नहुँदा कोरोनाबारेको तथ्य लुकाइएको त होइन भन्ने आशंका उब्जिएको भन्दै उनले जनतालाई जोगाउन आग्ह समेत गरे।
सांसद महतोले शक्तिशाली देश अमेरिका र अस्ट्रेलियाजस्ता देशहरु समेत कोरोनाको महामारीमा निरीह बनेको भन्दै नेपालजस्तो देशले पूर्वतयारी गर्नुपर्ने बताए।
‘महामारीबाट जनतालाई जोगाउ भन्ने मेरो एउटा मात्रै माग हो’, उनले भने, ‘हाम्रा लाखौँ जनता विदेशमा छन्, संकटको बेला उसको रोजगारी खोसिएको छ, ऊ नेपाल फर्कन चाहन्छ। यो अवस्थामा सरकारले के गरिरहेको छ? सरकारले योजना बनाउनु पर्दन, आफ्नोृ मातृभूमि पनि फर्कंन नपाउने?’
त्यस्तै उनले दुई तिहाइको सरकारले दुई कौडीको काम नगरेको आरोप समेत लगाएका छन्। उनले भने, ‘आज मैले धेरै कुरा केही भन्नु छैन’, सांसद महतोले भने, ‘दुई तिहाइको सरकार दुई कौडीको काम गरेन।’

.gif)



फेसबुक पेज Like गर्नुहोस