काठमाडौं - प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक स्थगित भएको छ । कोरम नपुगेको भन्दै सोमबारका लागि बोलाइएको अर्थ समितिको बैठक स्थगित भएको हो ।

बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति न्यून भएपछि बैठकका लागि गणपूरक सङ्ख्या नपुगेको बताईएको छ ।