काठमाडौं - राजधानीमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंको शंकरापुर नगरपालिका ६ ढोल्लाका ४० वर्षीय प्रविण श्रेष्ठ रहेका छन् ।

गएराती उनलाई ढोल्ला भन्ने स्थानमा टिपरले ठक्कर दिएको हो । स्थानीयबासीका अनुसार श्रेष्ठ सुस्तमनस्थितिका थिए र उनी सडक पेटिमा सुतिरहेका थिए ।

उनलाई पौने १० बजेतिर ना १ क ४५६४ नम्बरको टिपरले किचेको थियो । उनको उपचारको क्रममा साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।