काठमाडौं - एउटै विरामी एकै समयमा एसआइसियू, आइसियू, डिलक्स रुम र स्विट रुममा भर्ना भएको बिल

काठमाडौंका निजी अस्पतालले विदेशी पर्यटकलाई उपचारका नाममा चरम आर्थिक शोषण गरिरहेका छन् । पर्यटकको गुनासो बढे पछि स्वास्थ्य जनसंख्या मन्त्रालयले अध्ययन गरेको थियो । तर, अध्ययन टोलीले दिउको प्रतिवेदनमा सरकारले कुनै कारबाही गरेको छैन् ।

काठमाडौंका ६ ठूला अस्पतालमा सेवा अनुगमन गर्न २५ भदौ ०७६ मा समिति गठन गरेको थियो । मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. तारा पोखरेलको संयोजकत्वमा गठन भएको समितिमा उपसचिव सानुबाबु अधिकारी, कानुन उपसचिव पुष्करराज नेपाल, वीर अस्पतालका चिकित्सक सारोज शर्मा, नेपाल मेडिकल काउन्सिलका कालुसिंह खत्री र ओषधि व्यवस्था विभागका प्रतिनिधी पनि थिए । 

नयाँ पत्रिका दैनिकबाट