‘चीनबाट ल्याइएको अक्सिजन सिलिन्डर पहुँचको आधारमा वितरण गर्नु राज्यशक्तिको दूरूपयोग’
खबर एक्सप्रेस
२०७८-०२-०४ ०३:५३ मा प्रकाशित
Total Shares: 491
काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चीनबाट ल्याइएको अक्सिजन सिलिन्डर पहुँचको आधारमा वितरण गर्नु राज्यशक्तिको दूरूपयोग भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत् पुनले अक्सिजन सिलिन्डर सत्तारुढ दलका नेता, सांसद, आफन्तको घरमा राखिएकोबारे तुरुन्त छानबिन गर्न मागसमेत गरेका छन् ।
‘चीनबाट प्राप्त सिलिन्डर सत्तारुढ दलका नेता ,साँसद र आफन्तको घरमा राखिनु वा पहुचको आधारमा बितरण गर्नु राज्यशक्तिको दूरूपयोग एबम भ्रस्टाचार हो/ तुरून्त छानबिन गरियोस/ सरकारले सिलिन्डर कँहा,कसरी बितरण गरियो ? सार्वजनिक गरोस/प्राथमिकताको निर्धारणा गरी बितरण गरियोस नकी पहुचका आधारमा’ पुनले ट्विट गर्दै भनेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस