डेंगु संक्रमितकाे संख्या ३३ हजार ९७५, ४४ जनाकाे मृत्यु
खबर एक्सप्रेस
२०७९-०६-२४ ०५:५८ मा प्रकाशित
Total Shares: 238
काठमाडौं - डेंगुकाे संक्रमणबाट ४४ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लाे विवरणअनुसार गत साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो।
यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै हो। यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ । हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९७५ पुगेको छ। यो संख्या हालसम्मकै उच्च हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस