कांग्रेस कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन स्थगित
काठमाडौं-नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्न लागेको पत्रकार सम्मेलन स्थगित भएको छ।
पार्टीमा विशेष महाधिवेशनको पक्ष र विपक्षमा नेता कार्यकर्ताबीच विवाद चर्किएपछि सभापति खड्काले पत्रकार सम्मेलन गर्ने भएका थिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना हुने जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएका थिए । तर केही समयपछि उनले अर्को सूचना जारी गर्दै सम्मेलन स्थगित भएको जानकारी दिएका छन् ।
यसअघि इतर समूहका नेता डा.शेखर कोइरालाको उपस्थितिमा पत्रकार सम्मेलन हुने प्रचार गरिएको थियो ।
यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस