गायक प्रशान्त तामाङको निधन
खबर एक्सप्रेस
२०८२-०९-२७ १२:३० मा प्रकाशित
Total Shares: 45
काठमाडौं-गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।
आज उनको दिल्लीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको बताइएको छ ।
उनि ४ जनवरी १९८३ भारतको दार्जिलिङमा नेपाली मूलका परिवारमा जन्मेका थिए । इन्डियन आइडल ३ जितेका तामाङ नेपालमा चर्चित थिए।
प्रशान्तले इन्डियन आइडल जित्दा नेपाली भाषिक समुदाय र गोरखा पहाडका मानिसहरूको गर्व र पहिचानमा ठूलो भूमिका खेलेका थिए।
प्रशान्त अभिनित नेपाली फिल्महरू गोरखा पल्टन, अंगालो यो माया को, किना माया मा, निशानी, पर्देसी आदिमा अभिनय गरेका थिए।
साथै प्रशान्तले ‘गोर्खा पल्टन, परदेशी, निशानी, अंगालो यो मायाको, आगो पिएर बाँच्ने लगायतका कयौं नेपाली गीतमा आवाज भरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस