गोठाटार गोली काण्डमा संलग्न मुख्य अभियुक्तमाथि प्रहरीले हान्यो गोली
काठमाडौं - प्रहरीले काठमाडौंमा गोली हानेर हत्याका एक अभियुक्तलाई पक्राउ गरेको छ । गोठाटार हत्याका अभियुक्त भारतीय नागरिक गुड्डु पटेललाई गोली हानेर पक्राउ गरेको प्रहरीले जनाएको छ ।
२०७९ असोजमा गोठाटारमा भारतीय नागरिक पटेलको समूहले गोली हानेर लाल मोहम्मदको हत्या गरेको थियो । सर्लाही घर भएका व्यापारी मोहम्मदको २०७९ असोज ३ गते साँझ गोली हानी हत्या भएको थियो ।
सोही घटनाको अनुसन्धानमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर पक्राउ गरिएको जनाएको छ ।
पटेलको खुट्टामा दुई राउन्ड गोली लागेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले जानकारी दिए । काठमाडौंको टोखाबाट झोर जाने बाटोमा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस