काठमाडौं - हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लागेको जनाइएको छ भने देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाको पूर्वानुमानअनुसार सोमबार दिउँसो तथा राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका साथै कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ।

देशका अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। यस क्रममा कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाको भनाई छ ।