राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस टुंग्यायो उम्मेदवार
काठमाडौं - नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तर्फबाट ९ उम्मेदवारको टुंग्यायो लगाएको छ ।
कांग्रेस कार्यसम्पादन समितिको आजको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
जसअनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेस प्रदेशबाट धर्मेन्द्र पासवान र सञ्जत कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
एमाले र जसपा नेपालसँग भएको तालमेलअनुसार कांग्रेसका ९ उम्मेदवारले आजै उम्मेदवारी दर्ता गराउँदै छन् ।
आगामी माघ ११ गते हुने निर्वाचनको लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस