काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्नको लागि शीतल निवास गएका छन् । सोमबार दुई अध्यादेश ल्याएपछि पार्टी भित्र तथा बाहिरबाट चर्को आलोचना भएपछि उनी बिहीबार साँझ शितल निवास पुगेका हुन् । 

प्रधानमन्त्रीले बिहीबार नै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल लगायतसँग भेट गरेका थिए । उक्त भेटमा ओलीले अध्यादेश फिर्ता लिने बताएका थिए । त्यसैले प्रधानमन्त्री ओली शीतल निवासमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

पार्टीमा ओलीको एकलौटी निर्णय चल्न थालेपछि अर्का अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु पनि आपसी छलफलमा जुटेको बताइएको छ ।