गलत तरिकाले मान्छे पठाउने जोसुकैलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं - गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा हुने अवाञ्छनीय गतिविधिमा शून्य सहनशीलता अपनाउन निर्देशन दिएका छन् ।
सोमबार गृह मन्त्रालयमा आयोजित आन्तरिक बैठकमा मन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् । उनले अध्यागमन सुधारका लागि तत्काल ठोस कार्ययोजना अघि बढाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिए ।
अध्यागमनमा कर्मचारी खटाउँदा स्पष्ट मापदण्ड बनाउन र गलत तरिकाले मानिसहरूलाई पठाउने कार्यमा संलग्न पाइए जोसुकैलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पारे।
बैठकमा मन्त्री लेखकले विगतका प्रतिवेदनहरूले दिएका सुझाव कार्यान्वयन गर्न, कर्मचारीको आचरण सुधार्न र अध्यागमनको सम्पूर्ण तथ्याङ्कलाई सुरक्षित राख्न डिजिटल प्रणालीको स्तरोन्नति गर्न पनि निर्देशन दिए।
फेसबुक पेज Like गर्नुहोस