काठमाडौंमा अमेरिकी नागरिक पक्राउ, इसाई धर्म प्रचार गरेको आरोप
खबर एक्सप्रेस
२०८२-०५-१० १२:१८ मा प्रकाशित
Total Shares: 136
काठमाडौं - अध्यागमन विभागले मंगलबार एक अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको छ ।
व्यावसायिक भिसामा नेपाल आएका डानियल कर्नी नामक व्यक्तिलाई विभागले पक्राउ गरेको हो ।
विभागका अनुसार उनले भिसाको उद्देश्य विपरीत इसाई धर्मको प्रचार–प्रसार गतिविधि सञ्चालन गरेको देखिएको छ ।
हाल उनीमाथि थप अनुसन्धान तथा सोधपुछ भइरहेको विभागले जनाएको छ । अध्यागमन ऐनअनुसार भिसाको उद्देश्य विपरीत गतिविधि गर्न पाइँदैन र त्यसविरुद्ध कानूनी कारबाही हुने प्रावधान रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस