काठमाडौं - राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा करोडाैँको खेल चलेको छ ।

अर्थ मन्त्रालयका उपसचीव अर्जुन भण्डारीको संयोजकत्वमा सिइओ छ्नोट समिति बन्यो । समितिले सबै प्रक्रिया पूरा गरि तीन जनाको नाम सर्ट लिस्टमा राखेको भएपनि महिनौं बितिसक्दा पनि 

सिइओ नियुक्ति गर्न नसक्नु रहस्यमय भएको छ । नक्कली बीमा दाबी भुक्तानी गराएर कारबाहीमा परेका शेखर बरालको समेत सर्ट लिस्टमा नाम छ । स्रोतका अनुसार बीमा क्षेत्रमा निकै विवादास्पद बनेका शेखर बरालको आर्थिक चलखेल र प्रलोभनका कारण  सिइओ नियुक्तिमा अन्योल देखिएको स्रोतको भनाइ छ ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बिपरित कार्य गरि कारवाहीमा परेका व्यक्ति कुनै पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन मिल्दैन । बीमकको सुशासन निर्देशिकामा प्रष्ट रूपमा लेखिएको छ । बीमकसंग बित्तीय स्वार्थ भएको व्यक्ति कुनै पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन मिल्दैन । बराललाई बीमा समितिले बीमा एेन २०४९ को दफा ३६ को उपदफा १ बमोजिम १० हजार रुपैयाँ जरिवाना गरेको छ । उनै बराललाई नियुक्ति गर्न अर्थ मन्त्रालयको समेत दबाब रहेको छ ।

स्रोतका अनुसार अर्थ मन्त्री जनार्दन शर्मा र उनका भाइ अनिल शर्मा,मन्त्रालय सहसचीव रमेश केसी उपसचीव अर्जुन भण्डारी लगायतले आर्थिक चलखेल गरि विवादास्पद व्यक्ति शेखर बराललाई सिइओ बनाउन लागिपरेका छन् । 

बीमकको संस्थागत सुशासन निर्देशिका विपरित राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानमा अर्जुन भण्डारी संचालक रहेका छन् । अर्थ मन्त्री शर्माका बिश्वास पात्र र मन्त्रीकै जिल्लाबासी भएकाले सिइओ नियुक्तिको चलखेलकै लागी बीमकको संस्थागत सुशासन निर्देशिका विपरित अर्थ मन्त्रालयबाट भण्डारीलाई बीमा कम्पनीमा संचालक बनाएको स्रोतकाे दाबी छ । तर सिइओ छनोट समितिको संयोजक समेत रहेका अर्जुन भण्डारी भने आफूले एक रुपैयाँ समेत कसैबाट नलिएको बताउछन् ।

सिइओ नियुक्तिमा अर्थ मन्त्रालयको अनावश्यक हस्तक्षेप देखिएको छ । मन्त्रालयका सहसचिब रमेश केसि र मन्त्रीका भाइ अनिल शर्माले गलत व्यक्तिलाई नियुक्ति गर्न चलखेल गरेको बीमा कम्पनीका संचालकहरुलाई सहसचिब केसीले अनावश्यक दबाब दिने गरेको स्रोतको भनाइ छ।

यस विषयमा सहसचीव केसीसंग मन्त्रालय गएर कुरा गर्दा उनले हाम्रो प्रश्नको जवाफ दिन सकेनन् । आफ्नो त्यति ठूलो हैसियत नभएको भन्दै कार्यकक्षबाट बाहिर गए यस विषयमा थप प्रमाणसहित समाचार तयार पार्नेछौं ।