बढ्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०८०-०६-०७ ११:५३ मा प्रकाशित
Total Shares: 125
काठमाडौं - आईतबार सुन प्रतितोला १०० रुपैयाँले बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा काराबार भइरहेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार १०० र सोही परिमाणमा तेजावी सुन १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस