एमालेद्वारा लेखा समितिको बैठक बहिष्कार
खबर एक्सप्रेस
१९७०-०१-०१ ०५:३० मा प्रकाशित
Total Shares: 126
काठमाडौं-प्रमुख प्रतितपक्षी दल नेकपा एमालेले संसदकोे सार्वजनिक लेखा समितिको बैठक बहिष्कार गरेको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिमित बैठक एमालेले बहिस्कार गरेको हो ।
संसदीय समितिको नेतृत्व चयन नगरेको विरोधमा एमालेले संसदीय समिति बैठक बहिस्कार गरेको हो ।
यसअघिकै बैठकमा एमालेको तर्फबाट सांसद योगेश भट्टराईले नेतृत्व चयन नभएसम्म आफूहरु बैठकमा सहभागी नहुने जानकारी गराएका थिए ।
एमालेका सांसद सहभागी नभएपछि कोरम नपुगेका कारण बैठक नै स्थगित भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस