सरकार र अनसनरत डा. केसी पक्षबीच औपचारिक वार्ता सुरु
काठमाडौं - सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीच औपचारिक वार्ता सुरु भएको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको ६ बुँदे माग गर्दै विगत २५ दिनयता देखि आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सरकारले बुधबार शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो ।
हाल शिक्षा सचिव मैनालीको नेतृत्वको सरकारी टोली र डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा रहेको वार्ता टोलीबिच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल जारी छ ।
मैनालीको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दीलिप शर्मा छन् भने डा. केसीका तर्फबाट डा. क्षेत्रीको नेतृत्वमा रहेको वार्ता टोलीमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा लोचन कार्की र ओमप्रकाश अर्याल रहेका छन् ।
जुम्लाबाट १९औं सत्याग्रह सुरु गरेका डा. केसीले हाल त्रिवि शिक्षण अस्पतालमै सत्याग्रह जारी राखेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस