काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पटक–पटक सर्दै आएको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति हुनेछ ।

आज बस्ने केन्द्रीय समिति बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गर्नेछन् ।

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन पुस अन्तिममा गर्ने तयारी गरेको छ । पार्टीले आगामी पुस २६ गतेदेखि २९ गतेसम्म महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउन लागेको हो ।