काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको दोहोर्‍याएका छन् । त्यस्तै उनले अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने समेत घोषणा गरेका छन् ।

प्रतिनिधिसभामा ओलीले नेपाली भूमि भएकाले नै मन्त्रीपरिषद्ले त्यो भूमि समेटेर नयाँ नक्सा ल्याउने निर्णय गरेको जानकारी दिए । अब लिम्पियाधुर र लिपुलेक र कालापानीको विषय अब ओझेलमा पार्न नदिने भन्दै उनले हाम्रो भूमि भारतले ओगटेर विवाद सृजना गर्न खोजेको बताए ।

उनले अब छिटै नेपालको त्यो भूमि फिर्ता ल्याउने बताए । यसको लागि कुटनितिक छलफल हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । यो तथाकथित राष्ट्रवाद देखाउन नगरिएको र आफ्नै भूमि फिर्ता लिने निर्णय भएको प्रधानमन्त्री ओलीले बताए । 

संविधानको अनुसूची ३ मा भएको नक्सा र निशान छाप पनि सुधार गर्नुपर्ने भएकाले  संविधान संशोधन गर्ने उजले बताए । यो अहिलेको जरुरी विषय भएकाले संविधान संशोधन हुने बताए ।