काठमाडौं - सर्वोच्च अदालतले तराई–मधेशमा राज्य पक्षबाट भएका गैरन्यायिक हत्या र बेपत्ताका घटनामा न्यायिक छानबिन गर्न सरकारलाई परमादेश दिएको छ । 

सर्वोच्चका न्यायधिश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्नमीको संयुक्त इजलासले मधेसमा भएको हत्या एवम् बेपत्ताका घटनामा छानबिनका लागि अधिकार सम्पन्न विशेष संयन्त्र गठनका लागि सोमवार परमादेश दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, महान्यायाधिवक्ता कार्यालय  र प्रहरी प्रधान कार्यालयको नाममा परमादेश जारी गरिएको छ । 

अन्नपूर्ण पोस्टबाट