काठमाडौं - मुलुकको अर्थतन्त्र विस्तारमा गतिरोध उत्पन्न भएको छ ।

अर्थतन्त्र गतिशील बनाउने ‘एक्टर’हरू घरायसी, निजी क्षेत्र र सरकार हुन् । आर्थिक क्रियाकलाप विस्तारमा योगदान गर्ने तीनै क्षेत्र शिथिल हुँदै छन् ।

उपभोग निरुत्साहित गर्ने नीतिले घरायसी क्षेत्रबाट अर्थतन्त्रमा हुने योगदान घटेको छ । 

व्यक्तिगत कर्जा उपभोगमा समेत सरकारले कडाइ गरेको छ । सवारी र घर कर्जामा आम्दानीको ५० प्रतिशतभन्दा बढी मासिक किस्ता हुने गरी अब कर्जा पाइने छैन।

यसले व्यक्तिगत आवास खरिद तथा निर्माण र सवारी साधन खरिदलाई निरुत्साहित गर्नेछ । 

अन्नपूर्ण पोस्टबाट