काठमाडौं -  आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै बिहीबार पनि प्रतितोला ७३ हजार ५ सय रुपैयाँमै कारोबार भैरहेको छ 

यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज प्रतितोला १० रुपैयाँले घट्दै ८ सय ९० सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।