नेप्सेको प्रिओपन सेसनको कारोबार सीमा घट्यो
काठमाडौं - नेपाल धितोपत्र बोर्डले नेप्से प्रारम्भिक कारोबार सत्रको (प्रि–ओपन सेसन)मा मूल्य सीमा र धितोपत्रको कारोबारमा न्यूनतम मूल्य परिवर्तन सीमा परिवर्तन गरेको छ ।
नियमित कारोबार हुनुभन्दा अघिको सेसनको कारोबार सीमा घटाएर २ प्रतिशतमा झारेको हो । बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै हाल ५ प्रतिशत रहेको मूल्य परिवर्तन सीमालाई घटाएर २ प्रतिशत कायम गरेको हो । अहिले सेयर बजार खुल्नु अघि १०ः३० बजेदेखि १०ः४५ सम्म प्रिओपस सेसर खुला हुन्छ ।
त्यस्तै, दोस्रो बजारमा धितोपत्रको (सेयर)कारोबार हुँदा हाल न्यूनतम मूल्य परिवर्तन सीमा एक रुपैयाँ रहेकोमा त्यसलाई घटाएर १० पैसा कायम गरेको छ ।
‘दोस्रो बजारको प्रारम्भिक कारोबार सत्रमा हाल मूल्य परिवर्तन सीमा पाँच प्रतिशत रहेकोमा सो सीमालाई घटाई दुई प्रतिशत कायम गरिएको छ भने बोर्डले धितोपत्र दोस्रो बजारमा धितोपत्रको (सेयर)कारोबार हुँदा हाल न्यूनतम मूल्य परिवर्तन सीमा एक रुपैयाँ रहेकोमा त्यसलाई घटाएर १० पैसा कायम गर्नेरी कारोबार सञ्चालन विनियमावली, २०७५ को दोस्रो संशोधन ९धितोपत्र कारोबार संचालन (दोस्रो संशोधन)विनियमावली, २०७८० स्वीकृत गरिएको छ ।’विज्ञप्तिमा भनिएको छ ।
प्रि ओपनको नयाँ व्यवस्था कार्यान्वयन पश्चात उक्त समयको कारोबार थप व्यवस्थित हुने छ ।
फेसबुक पेज Like गर्नुहोस