मुग्लिनमा होल्ड गरिएका सवारी साधन गन्तव्यतर्फ पठाउन थालियो
काठमाडौं - पृथ्वीराजमार्गको मुग्लिन नारायनगढ सडकखण्डमा होल्ड गरिएका सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाउन थालिएको छ।
सुरूमा रोकिएका यात्रुबाहक बसहरूलाई पठाउन थालिएको र त्यसपछि मालबाहक गाडीहरू पठाउन थाल्ने जिल्ला प्रहरीका डिएसपी रवीन्द्र खनालले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाभरका १५ ‘होल्डिङ स्पेसुमा चितवन, पोखरा, काठमाडौं तथा अन्य क्षेत्र हुँदै मुग्लिन आएका ५ सय बाढी गाडी रोकिएका थिए।
रोकिएका गाडी पठाएर सकेपछि मात्रै नयाँ टिकट काट्न प्रहरीले अनुरोध गरेको छ।
सरकारले वर्षा र बाढी पहिरोको जोखिम रहेको भन्दै असोज १८, १९ र २० गतेसम्म तीन दिन काठमाडौं भित्रिन र बाहिरिन रोक लगाएको थियो ।
जल तथा मौसम विज्ञान विभागले पनि पश्चिमतर्फ यातायात सञ्चालन गर्न सकिने भनेर सरकारी अधिकारीहरुलाई आज सूचना दिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस