काठमाडौं - अमेरिकाले नेपाललाई १ लाख डोज खोप दिने भएको छ। कोरोना महामारीबिरुद्ध लड्नको लागि अमेरिकाले नेपाललाई १ लाख ६२० डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको हो।

अमेरिकी दूतावासका अनुसार यो परिमाणको खोप सम्भवत भोलि काठमाडौ आइपुग्नेछ। 

अमेरिकाले यसअघि पनि जुलाइमा १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो।

यसैबिच स्वास्थ मन्त्रालयले अमेरिकाबाट ६० लाख डोज फाइजर खोप खरिद गर्ने तयारी गरेको छ। १२ वर्ष भन्दा माथिको उमेर समुहलाई फाइजर खोप लगाउने सरकारको तयारी छ।