काठमाडौं - सुनको भाउ मङ्गलबार तोलामा ५ सय रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साेमबार र आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार घटेकाे हाे ।  यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।