काठमाडौं - उद्योगी तथा व्यवसायी तेजेन्द्रसिंह खड्काको कोरोना संक्रमणको कारण निधन भएको छ । संक्रमणपछि उपचारको लागि मेडिसिटी अस्पतालमा भर्ना भएका खड्काको बिहीबार बिहान निधन भएको हो ।

५३ वर्षीय खड्का एक महिनाअघिदेखि मेडिसिटीमा उपचाररत थिए । केही दिनअघि संक्रमणमुक्त भएपछि भेन्टिलेटरबाट निकालेपनि फेरि अस्वस्थ भएपछि खड्कालाई पुनः भन्टिलेटरमा राखेर उपचार गरिँदै थियो । 

टाइगर ब्रुहरीका अध्यक्ष रहेका उनको विभिन्न उद्योग प्रतिष्ठानमा समेत लगानी रहेको छ ।