दलाल पुँजीपतिका प्रतिनिधिहरुको पनि सहभागितामा नेपाली क्रान्तिः प्रचण्ड
काठमाडौं - नेपालको क्रान्ति दलाल पुँजिपति वर्गका प्रतिनिधिहरुको समेत सहभागितामा सम्पन्न भएकोले यसको आफ्नै मौलिकता रहेको नेपाल कम्युस्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
शनिबारदेखि बजारमा ल्याइएको ‘जनताको जनवादका आधारहरु’ पुस्तकको नेकपा मुख्यालय धुम्बाराहीमा विमोचन गर्दै प्रचण्डले युरोपमा जनवादी क्रान्ति पुँजीपतिको नेतृत्वमा क्रान्ति भएको स्मरण गर्दै उक्त धारणा राखेका छन् ।
‘नेपाल भएको क्रान्ति न पुँजीवादीको नेतृत्वमा भयो न श्रमजीवीले गरेजस्तो क्रान्ति भयो,’ नेपालमा भएको क्रान्ति कम्युनिस्टको नेतृत्वमा पुँजीवादीहरुलाई सहभागी बनाइ भएको प्रचण्डले बताए ।
उनले भने, ‘पुँजीवादीलाई साथमा लिएकाले नेपालको क्रान्तिको आफ्नै मौलिकता छ ।’ भारतमा कम्युनिस्ट कमजोर हुनुको दृष्टान्त प्रस्तुत गरेका उनले साम्राज्यवादविरुद्धको लडाईंमा कम्युस्टिले नेतृत्व लिन नसक्दा हिन्दूस्तानमा कम्युनिस्ट कमजोर भएको धारणा राखे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस