कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
खबर एक्सप्रेस
२०८२-०९-२१ ०७:४२ मा प्रकाशित
Total Shares: 47
काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी सोमबार दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने तय भएको हो।
बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक तथा समसामयिक विषयहरूमा छलफल हुने बुझिएको छ।
बैठकमा उपस्थितिका लागि कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई निर्देशानुसार अनुरोध समेत गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस