नेपाल प्रहरीका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस
खबर एक्सप्रेस
२०७८-१२-३० ०९:४७ मा प्रकाशित
Total Shares: 176
काठमाडौं - नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा सिफारिस समितिले बुधबार एसएसपीहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई डिआइजीमा बढुवाको लागि सिफारिस गरेको हो।
हालसालै तीन जना डिआइजीहरू एआइजीमा बढुवा भएपछि सिट खाली भएको थियो। तीन जना डीआईजी वशन्त पन्त, धिरज सिंह र रबिन्द्र धानुक एआईजीमा बढुवा भएपछि र राजेशलाल कर्ण उमेर हदका कारण वैशाख २ गतेबाट अनिवार्य अवकास हुने भएपछि चार जना रिक्त भएको हो।


.gif)



फेसबुक पेज Like गर्नुहोस