विपक्षी गठबन्धनको संयुक्त बैठक जारी
काठमाडौं - नेकपा एमालेको माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराई सहभागी छन् ।
बैठकमा आगामी रणनीति तय गर्नुका साथै पछिल्लो घटनाक्रमबारे छलफल भैरहेको सहभागी एक नेताले जानकारी दिए ।
कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार कांग्रेसका ६१, नेकपा(माओवादी केन्द्र)का ४९, जसपाका १२, एमालेका २६ र जनमोर्चा नेपालकी दुर्गा पौडेलको समर्थन हस्ताक्षर लिएर प्रधानमन्त्री पदमा दाबी गरेका थिए । त्यसपछि नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि दाबी गरेको र दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने भन्दै राष्ट्रपति भण्डारीले खारेज गरेकी थिइन् । त्यसलगत्तै मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गरेकी छन् । जसको चौतर्फी आलोचना भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस