भारतसमक्ष संयुक्त संयन्त्र बनाएर सीमा समस्या हल गर्न प्रधानमन्त्री देउवाको आग्रह
खबर एक्सप्रेस
२०७८-१२-१९ ०१:५० मा प्रकाशित
Total Shares: 129
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा समस्या समाधानका लागि भारतसमक्ष संयुक्त संयन्त्र गठनको प्रस्ताव राखेका छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबादमा भेटवार्तापछि राखिएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले द्विपक्षिय भेटवार्ताका क्रममा सीमा समस्याबारे कुरा उठाएको बताएका हुन् । ‘मैले मोदीजीसँग सीमा समस्याबारे कुरा उठाएको छु र यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु ।’ उनले भने ।

.gif)




फेसबुक पेज Like गर्नुहोस