सुनचाँदीको भाउ घट्यो
खबर एक्सप्रेस
२०७८-०२-०७ १२:०६ मा प्रकाशित
Total Shares: 323
काठमाडौं - सुनचाँदीको भाउ आज घटेको छ ।
हिजो तोलामा चार सय रुपैयाँ बढेर ९३ हजार सात सय रुपैयाँ पुगेको सुनकाे भाउ आज तोलामा चार सय रुपैयाँ घटेको हो ।
सुनकाे भाउ आज तोलाको ९३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि घटेको छ ।
हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर १३ सय ५० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस