बागलुङ-२ को प्रदेश (ख) मा राष्ट्रिय जनमोर्चाका शाही विजयी
काठमाडौं - बागलुङ क्षेत्र नम्बर २ प्रदेश (ख) को उपनिर्वाचनमा बाम गठबन्धनको साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही विजयी भएका छन् ।
सत्तारुढ नेकपाको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार शाहीले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई २ हजार ९७ मत पछि पार्दै विजयी भएका हुन् ।राजमोका शाहीले ११ हजार २ सय ३५ मत प्राप्त गरेका छन् भने कांग्रेसका शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गरे ।
यसैगरी समाजवादी पार्टीका अशोककुमार विकले ३ सय १६, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका निमबहादुर भण्डारीले ३६, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवरले ३७, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३, संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चका अनिलकुमार राइले ८, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरल ४५, स्वतन्त्र उम्मेद्वार शेरमान घर्तीले ९५ र सन्तोष भण्डारीले २८ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा २०७४ को प्रदेश सभा सदस्यमा वामगठबन्धनबाट निर्वाचीत राष्ट्रिय जनमोर्चाका स्व। टेकबहादुर घर्तीको असामयिक निधन भएपछि उक्त पद रिक्त्त थियो ।
फेसबुक पेज Like गर्नुहोस