झापामा सिँचाइ मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
खबर एक्सप्रेस
२०८२-०४-१४ ०१:१० मा प्रकाशित
Total Shares: 100
झापा-झापामा सिँचाइ मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।
जिल्लाको कचनकवल गाउँपालिका–७ सितागढी टोलका ५० वर्षीय अरूण राजबंशीको ज्यान गएको हो । सोमबार राति सिँचाइको मोटर जोड्ने क्रममा करेन्ट लागेर राजबंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस