चीनले भन्यो : एमसीसीमा नेपाल स्वतन्त्र छ
खबर एक्सप्रेस
२०७६-०९-१९ ११:०० मा प्रकाशित
Total Shares: 334
काठमाडौं - चिनियाँ राजदूत होउ यान्छीले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट सहयोग लिने–नलिने भन्नेमा नेपाल आफैंले निर्णय गर्नुपर्ने बताएकी छन् ।
‘नेपालले चीन वा अन्य कुनै एक मुलुकसँग मात्र होइन, हरेक मित्रसँग सहकार्य गरेर आफूलाई मािथ लैजान सक्छ । त्यही क्रममा अमेरिकाको सहयोग पनि नेपालले लिन सक्छ । तर, यो नेपालको आफ्नो हितमा हुनुपर्छ । यस्ता विषयमा नेपाल स्वतन्त्र छ,’ ।
चिनियाँ दूतावासमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा होउले भनिन्, ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन । आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्विकार गर्ने निर्णय स्वतन्त्र राष्ट्रको रहन्छ ।’
अन्नपूर्ण पोस्टबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस