संविधान संशोधनको विषयमा एकमत कायम गर्न सभामुख सापकोटाको आग्रह
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधन विधेयकको विषयमा एकमत कायम गर्न सबै दललाई आग्रह गरेका छन् ।
आइतबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संविधान संशोधनको विषयमा समान धारणा बनाउन प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गरेका हुन् ।
सभामुख सापकोटाले दलहरुसँग छलफलको पहल आफैले पनि गर्ने बताउँदै समिति सदस्यहरुलाई पनि त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
सरकारले हालै नक्सालाई अद्यावधिक गरेपछि संविधानको अनुसूची ३ मा रहेको निशान छाप पनि परिवर्तन गर्नको लागि प्रतिनिधि सभामा संविधान संशोधन विधेयक दर्ता गरिएको छ ।
बैठकमा राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदले संविधान संशोधनमा मधेशका माग पनि समेट्न माग गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस