राष्ट्रपतिद्वारा भयमुक्त पत्रकारितालाई आत्मसात् गर्न आह्वान
खबर एक्सप्रेस
२०७७-०१-२१ ०६:४७ मा प्रकाशित
Total Shares: 448
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सबै सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छन् ।
उनले आज अपराह्न ट्विट गर्दै भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात् गर्दै मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा संकल्प पूरा गर्न प्रेस जगत्लाई प्रेरणा दिनेछ भन्ने आशा पनि व्यक्त गरेकी छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस