काठमाडौं - सुनको भाउ आज ८ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९७ हजार रुपैयाँ रहेको सुनको मूल्य आज ९७ हजार ८ सय रुपैयाँमा पुगेको छ ।आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।