काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आउँदो १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । 

सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलामा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन  ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘मैले योभन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’

१३औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीकै उम्मेदवार बनेका थापाले ५८४ मत पाएका थिए। नेता अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूह तथा डा। शशांक कोइराला रामचन्द्र पौडेल समूहबाट उम्मेदवार रहुनुभएकोमा कोइराला निर्वाचित भएका थिए।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउादो मंसिर ९–१३ मा गर्ने घोषणा गरिएको छ । यही १८ भदौंदेखि वडा तहबाट कांग्रेसको अधिवेशन शुरु हुँदैछ ।