सम्पत्ति शुद्धीकरण विभागले थाल्यो देउवा र खड्काको सम्पत्तिमाथि अनुसन्धान
काठमाडौं - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जेनजी आन्दोलनका क्रममा नेताहरूको घर जलाउँदा भेटिए भनिएका नोटहरूको अनुसन्धान सुरु गरेको छ।
सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित निवर्तमान सरकारका दुई मन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान शुरु गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही प्रमाणहरू संकलन गरी परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा पठाएको हो ।
विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उहाँकी धर्मपत्नी एवं निवर्तमान सरकारको परराष्ट्रमन्त्री आरजु राणा देउवा र उर्जामन्त्री दिपक खड्काको सम्पत्तिबारे केही प्रमाण संकलन गरेको थियो ।
विभागले संकलन गरेको प्रमाणको वस्तुपरकता, यथार्थ परीक्षण गर्न नेपाल प्रहरीको डिएफएलमा प्रमाण सहितको पत्र पठाइएको बताइएको छ । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते देउवा र खड्काको घरमा आगजनी हुँदा ठूलो मात्रामा नगद जलेको दाबी गर्दै विभिन्न भिडियो र तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।
विभागसम्बद्ध स्रोतका अनुसार, पैसाका टुक्राहरू, खरानीका साथै देउवा र खड्का निवासको भिडियो संकलन भएको थियो । त्यसक्रममा पैसा छरेको र उडाएको भेटिएको थियो । विभागले देउवा दम्पत्ती र मन्त्री खड्काको घर आगजनीपछि स्थलगत रुपमा त्यहाँ पुगेर जलेका नोटका टुक्रा र खरानी संकलन गरेको थियो ।
तीमध्ये केही मानिसहरूसँग विभागका अधिकारीहरूले अनौपचारिक कुराकानीपछि थप प्रक्रिया अघि बढाएका हुन् । यदि संकलन गरेको खरानी र टुक्रा वास्तविक नोट भएको पुष्टि भए, उनीहरू प्रत्यक्ष रूपमा सम्पत्ति शुद्धीकरण मुद्दामा तानिने विभागले जनाएको छ।
केही दिन अघि मात्र शेर बहादुर देउबाको सचिवालयले घरमा पैसा भेटिएको कुरा झुटो हो । त्यो पैसा राख्ने ट्यांकी होइन, पानी ट्यांकी हो भनेर दावी गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस