प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बालुवाटारमा
खबर एक्सप्रेस
२०७८-०५-०३ ११:०६ मा प्रकाशित
Total Shares: 319
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
बिहीबार बिहान प्रचण्ड र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । हाल प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालको छलफल जारी रहेको स्रोतले बताएको छ । छलफल मन्त्रिपरिषद बिस्तारलगायत समसामयिक राजनीतिक घटनाक्रममा केन्द्रित रहेको बुझिएको छ । गठबन्धन सरकार गठन भएको एक महिना पूरा हुँदा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेकाे छैन ।
फेसबुक पेज Like गर्नुहोस