सुनको मूल्य बढ्यो
खबर एक्सप्रेस
२०७७-०७-२६ ११:३३ मा प्रकाशित
Total Shares: 416
काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोलामा एक सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ। तेजावी सुन तोलाको ९४ हजार ४ सय रुपैयाँ रहेको छ । मंगलबार सुन प्रतितोलामा ३ हजार ४ सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस