विशेष महाधिवेशनको पक्षमा कांग्रेस नेता भण्डारी : २७ गते सभापति देउवा पनि आउनुहुन्छ
काठमाडौं-नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा आफैँ सहभागी हुनुपर्ने बताएका छन् ।
शुक्रबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता भण्डारीले देउवाको पार्टी भएको भन्दै सो महाधिवेशनमा सहभागी हुनुपर्ने बताएका हुन् ।
नेता भण्डारीले पुस २७ र २८ गते हुने महाधिवेशनमा सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने भएकाले सबै नेताहरु त्यसमा सहभागी हुने विश्वास समेत व्यक्त गरे । उनले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माप्रति संकेत गर्दै कांग्रेसको वर्तमान र भविष्य सोही महाधिवेशनले फैसला गर्ने समेत बताए ।
उनले भने- ‘७७ वटै जिल्लाका साथीहरु हामीसँग छन् । सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरु हाम्रा हुन् । नेपाली कांग्रेसका हुन । जो वर्तमान र भविष्यका पनि हुन् । त्यसो हुनाले नेताहरुलाई पनि हामीले मिलाएर लिएर जान्छौँ । २७ गते सभापति शेरबहादुर देउवा जी पनि आउनुपर्छ, यो उहाँको पार्टी हो यो ।’
कांग्रेस नेता भण्डारीले महामन्त्रीद्वय थापा र शर्माले पार्टीलाई मिलाएर लैजान बढी जिम्मेवार हुनुपर्ने समेत बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस