प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने
खबर एक्सप्रेस
२०७७-०२-२८ ०९:०२ मा प्रकाशित
Total Shares: 522
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बाेधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आउँदाे आर्थिक वर्षको बजेट र विविध विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेछन् ।
बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रमलाई संसद् सचिवालयले आजको सम्भावित कार्यसूचीमा राखेको छ ।
यस्तै बैठकमा ३६ जना सांसदले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्ताव निर्णयार्थ पेस हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस