दिनहुँ घट्दै सुनको भाउ
खबर एक्सप्रेस
२०७९-०१-१४ ११:१२ मा प्रकाशित
Total Shares: 532
काठमाडौं - सुनको भाउ आज प्रतितोलामा तीन सय रुपैयाँले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९९ तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैंयाले घटेको छ । मंगलबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ४० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस